
कल्पना फाउण्डेसन कि अध्यक्ष कल्पना पाेडेल जिज्ञासु र ज्ञानाेदय मा वि का प्र अ ऋषिराम सापकाेटाकाे वैवाहिक बर्ष उत्सव काे अवसरमा कल्पना फाउन्डेसन ले अायाेजना गरेकाे छात्र वृत्तिवितरण,वृक्षा राेपण तथा रचना वाचन कर्यक्रम ज्ञानाेदय मा वि मा सम्यन्न भएकाे छ। विगतका वर्ष हरुमा जस्तै ज्ञानाेदय मा वि मा अध्यान रत ३ जना विद्यार्थी हरुलाई स्कुल ड्रेस ,ब्याग स्टेस्नरी वितरण गरिएकाे थियाे, उक्त कार्यक्रममा विध्यालयकाे परिसरमा साे प्लान्ट का विरुवा हरु राेपिएकाे थियाे। कार्यक्रममा साहित्यकार तथा श्रष्ठा हरुले कविता ,मुक्तक, गजल, र लधुकथा वाचन गर्नु भएकाे थियाे। विवाह उत्सव लाई ज्ञानाेदय मा वि का शिक्षक तथा कर्मचारीहरुले केक काटेर सापकाेटा र जिज्ञासुलाई शुभकामना प्रदान गरेका थिए। कार्यक्रम मा उपस्थित प्रमुख अतिथि वार्ड नं ३ का वडा अध्यक्ष पुर्ण बहादुर भन्डारी,वि ब्या स अध्यक्ष भिमसरा भण्डारी ,पिटिए अध्यक्ष मानबहनदुर भण्डारी , खजुरा प्रज्ञाप्रतिष्ठान उपकुल पति डा ईन्द्र बहादुर भण्डारी, विश्लेषक डा जनार्दन अाचार्य, साहित्यकार किरण अाचार्य ,कल्पना खरेल ,क्याम्पस प्रमुख चरित्रा शाह , मणि अर्याल , बाेधराज प्याकुरेल, ईन्दिरा गाैतम, लक्ष्मी भट्टराई अादिले मन्तब्य र अाफ्ना रचना बाट विवाह उत्सबकाे शुभकामना प्रदान गर्नुकाे साथै यस्ता विशेष दिन हरुमा यस्ता रचनात्मक कार्यक्रम गरेर मनाउने गरेका सापकाेटा र जिज्ञासु लाई धन्वाद दिएका थिए। अरुले पनि यस्ताे कार्यलाई अनुसरण गर्नु पर्नेकुरा अाैलाएका थिए।फाउण्डसन का सचिव लेक प्रसाद प्याकुरेल ले संचालन गरेकाे कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष ऋषिराम सापकाेटाले उपस्थित सवैलाई स्वागत तथा धन्यवाद ब्यक्त गर्नुभएकाे थियाे। का्यक्रम मा उपस्थित प्रमुख अतिथि विशिष्ट अतिथि खतिथि हरु र ज्ञानाेदय मा वि का सम्पुर्ण शिक्षक कर्मचारी र उपस्थित सवै जनालाई फाउण्डेसन कि अध्यक्ष कल्पना पाैडल जिज्ञासु ले धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे।