बुधबार, भदौ २५, २०८२

राष्ट्रव्यापी अन्तर स्थानीय तह खुल्ला भलिबल कप प्युठानमा सम्पन्न

जुमान सिंह केसी
मंसिर १६, प्युठान ।
माण्ड्बि गाउँपालिकाको आयोजनामा प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिबल खेल शनिबार सम्पन्न भएको छ।

तीन दिन सम्म संचालन भएको खेल बाट सुनिलस्मृति गाउँपालिका रोल्पाले प्रथम स्थान हासिल गरेको छ।
फाइनल खेलमा गौमुखी गाउँपालिका संग प्रतिस्पर्धा भएको भए पनि गौमुखी गाउँपालिका उप बिजेता अर्थात दोस्रो स्थान हात पार्न सफल भएको छ।

सरुमारानी गाउँपालिका प्युठान तृतीय स्थान हासिल गरेका आयोजकले बताएको छ ।
प्रथम सुनिल स्मृति नगद रु २ लाख, गौमुखी गाउँपालिका द्वितीय नगद रु १ लाख २५ हजार र तृतीय सरुमारानी गाउँपालिकालाई नगद रु ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
माण्डवी गाउँपालिकाको आयोजनामा प्रथम अध्यक्ष कप पुरुष भलिबल “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने प्रमुख नारासहित राष्ट्रव्यापी अन्तर स्थानीय तह भलिबल प्रतियोगिता–२०८० माण्डवी गाउँपालिका–३ मार्सिवाङ खेलकुद मैदानमा बिहिबार देखि सुरु भइ शनिवार सम्पन्न भएको हो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?