बुधबार, भदौ २५, २०८२

नेकपाले गर्‍यो बुटवलमा न्यायाधीशको पुत्ला दहन

 

शंकर प्रसाद पोख्रेल, रुपन्देही
रुपन्देही  ,नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुत्ला दहन गरेको छ ।जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ( विप्लव ) पाटिका केन्द्रिय  प्रबक्ता  खडक बहादुर विश्वकर्मा , माइला लामा लगाएतका केन्द्रीय नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि अदालत र सरकार प्रति पार्टी रुष्ट  बन्दै  देश ब्यापी आन्दोलन थालेको छ।यसैबीच उक्त पाटिले आज  साँझ पार्टीका केन्द्रिय सदस्य शरद ओलिको नेतृत्वमा रुपन्देहीको  बुटवलमा पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुत्ला दहन एवं मसाल जुलुस प्रदर्शन गरेको छ।

पुत्ला दहन पछिको  कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही  जिल्ला सेक्रेटरी बिरेन्द्र सीले तत्कालीन ओलि सरकार सँग पार्टीले गरेको तीन बुदे सम्झौता लागू हुनुपर्ने  बताए ।, महासचिव लगाएत सबै नेता कार्याकर्ताहरुका झुटा मुद्दा खारेज हुनुपर्ने बताउदै  आफ्नो मागहरुलाइ  राज्यले बेवास्ता गरे पुनः जनविद्रोह गर्ने चेतावनी समेत दिएका थिए।  ।सो कार्यक्रमलाई प्रहरीले हस्तछेप गरेर तितरबितर पार्ने कोसिस गरेका थियो । नेकपाले अदालतको फैसला विरुद्ध देश व्यापी बिरोधका कार्यक्रम सार्वजनिक गरेको नेकपा रुपन्देही इन्चार्ज बिरेन्द्र सिले बतएकाछन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?