बुधबार, भदौ २५, २०८२

झिमरुक बचत तथा ऋण सहकारीको छैठौं साधारणसभा प्युठानको मच्छिमा सम्पन्न

झिम्रुक बचत तथा ऋण सहकारी सस्था लिमिटेड झिम्रुक -५ मच्छी प्युठानको छैठाै बार्षिक साधारण सभा मच्छीमा सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका सभापति धरम बहादुर जि.सीकाे प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्वागत भाषण ,उपाध्यक्ष उदय विक, संचचालन तथा प्रतिवेदन प्रस्तुत सचिव पितम खड्काले अध्यक्षता संस्थाका अध्यक्ष नारायण बहादुर जि. सी.ले गर्नु भएको थियाे।
सो कार्यक्रममा प्रमुख अतिथी तथा जिल्ला समन्वय समिती प्युठानका सभापति श्री धर्म बहादुर जि. सी.बाट पानसमा बत्ती बालेर उदघाटनगर्नु भएको थियाे।
उत्कृष्ट दैनिक बचत कर्ता, असल रिणी ,संचालक समितिका उत्कृष्ट कार्य संम्पादन ,उत्कृष्ट सेयर सदस्यहरु मध्येबाट शान्ता श्रेष्ठ ,कृष्णबहादुर जि.सी.,सीता खनाल , पुजा शाह र पतम खड्का लाई दाेसल्ला ओडाएर सम्मान तथा प्रमाणपत्र बितरण गरिएको थियाे।
सस्थाको आर्थिक,सङ्गठानिक तथा ऋण सम्बन्धी प्रतिबेदन प्रस्तुत,
सस्थाको सहकारी शिक्षा सम्बन्धी प्रतिबेदन प्रस्तुत,श्री बालशिक्षा मा. बि. का आधारभुत तहमा अध्ययनरत गरिब ,दलित तथा जेहेन्दार विद्यार्थी मध्येबाट -१६ जना लाई स्टेसनरी सामान बितरण गरिएको थियाे।सहकारी एकीकरण गर्ने,लाभांश वितरण गर्ने ,शेयर पुजि ,निक्षेप र शेयर सदस्य वृद्धि गर्ने,प्रभावकारी सहकारी शिक्षा संचालन समेत गर्ने निर्णय गरेकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?