
दिपेन्द्र परियार
राधाकृष्ण बचत तथा ऋण सहकारी सस्था लिमिटेड पुर्तिघाट गुल्मीको १२औ बार्सिक साधारण सभा सम्पन्न भएको छ ।
शनिवार कालिगण्डकी गाँउपालिकाको पुर्तिघाट बजारमा १२औ बार्सिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि तथा कालिगण्डकी गाँउपालिकाका अध्यक्ष बेद बहादुर थापाले संस्थाले पालिकाको वित्तिय विकासको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको बताउदै सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो ।
सभामा कालिगण्डकी गाँउपालिका भरिका सम्पुर्ण सहकारी सस्थाहरु,बैंक तथा बित्तीय संघ सस्थाहरु,सबै सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, लगायतले शुभकमना मन्तव्य दिनुभएको थियो ।
साथै सञ्चालक समितिको तर्फबाट सस्थाका कोषाध्यक्ष शान्ति बि.क ले आ.ब ०७९। ८० को यर्थाथ कार्य प्रगति बिबरण तथा आ.ब ०८०।८१ को अनुमानित बजेट प्रस्तुत गरिएको थियो । त्यस्तै लेखा सुपरिबेक्षण समितिका संयोजक रामहरी शर्माले आर्थिक बर्ष ०७९। ८० को सम्पुर्ण कार्य प्रगातिको बिबरण बारे प्रतिबेदन पेश गर्नुभयो । सस्थाका अध्यक्ष सुर्य बहादुर क्षेत्रीले आगामी बर्षको लागी निति तथा कार्यक्रम पेश गर्नु भयो ।
साधारण सभामा आर्थिक वर्ष २०७९÷८० को सहकारीको अनुमानित आय व्याय तथा वार्षिक कार्यक्रम र लेखा समितिको प्रतिवेदन पारित गरिएको थियो ।
संस्थाका अध्यक्ष क्षेत्रीले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार आव २०७९÷८० मा संस्थाको शेयर पुँजी ५५ लाख १६ हजार रहेको छ । संस्थामा ४ सय ४२जना सदस्य आबद्ध भएका छन् । उक्त अवधिमा संस्थाको जगेडा र अन्य कोषमा ९५ लाख रुपियाँ रहेको प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो ।
त्यस्तै संस्थाले २ करोड ५३ लाख निक्षेप संकलन गरी ४ करोड ४५ लाख कर्जा लगानी गरेको छ । सहकारीले सदस्य हरुलाई बित्तिय साक्षरता दिदै सदस्यहरुलाई उत्पादन सँग जोड्न लगानी गर्ने योजना सञ्चालनमा ल्याएको छ । जसअनुसार न्युनतम् ब्याज दरमा सदस्य हरुलाई कृषी ,उद्यम एवं आर्यआर्जनका क्षेत्रमा ५ लाख सम्म बिना धितो ऋण दिने सुविधा रहेको छ ।
साधारण सभाले हाल सदस्यलाई १७ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावसमेत पारित गरेको संस्थाका सञ्चालक अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो छ ।।
साधारण सभामा ६ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । यस्तै शेयरसदस्यका छोराछोरीको तर्फबाट सामुदायिक बिद्यालयबाट एस.ई.ई.मा तथा कक्षा १२मा उत्ृकष्ट अंक ल्याउने १।१ जना बिद्यार्थि तथा टोल समितीका संयोजकहरु लाई सम्मान गरिएको छ । ५० हजार भन्दा माथिका सेयर धनिहरुलाई प्रमाण पत्र बितरण गरियो ।
कार्यक्रममा कालिगण्डकी गाँउपालिका भरिका सम्पुर्ण सहकारी सस्थाहरु,बैंक तथा बित्तीय संघ सस्थाहरु,सबै सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि,साथै ७ वटै वडाका वडा अध्यक्षहरुको आतित्थ्यता रहेको थियो । सस्था संचालक समितीका अध्यक्ष सुर्य बहादुर क्षेत्रीको अध्यक्षता सेयर सदस्य गोबिन्द गौतम को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।