बुधबार, भदौ २५, २०८२

गौमुखी गाउँपालिकामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै।

 

प्युठान । प्युठानको गौमुखी गाउँपालिकामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन सुरु हुने भएको छ । आइतबार गाउँपालिकाले एक सूचना मार्फत पालिका भित्रको स्थायी बासी आर्थिक सामाजिक रुपमा बिपन्न परिवारका इच्छुकलाई निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको जानाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत लोकसेवा आयोग द्वारा लिइने सहायक स्तर चौधौं, पाचौं तह र अधिकृतस्तर (अप्रविधिक) पदको लागि सरकारी सेवाको प्रतियोगितात्मक परिक्षा सम्बन्धि तयारी कक्षा संचालन गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले बताउनु भयो।

लोकसेवा कक्षा एहि मंसिर २५ गते बाट गौमुखी गाउँपालिकाको सभाहलमा संचालन हुने भएको छ । पहिलो चरणमा ४० जनालाई एक महिना लोकसेवा सम्बन्धि तालिम संचालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेलले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?