
जुमान सिंह के.सी.
मंसिर २६, प्युठान
प्युठानको मल्लरानी गाउँपालिकामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन सुरु हुने भएको छ । मंगलबार गाउँपालिकाले एक सूचना मार्फत पालिका भित्रको स्थायी बासी दलित, जनजाति परिवारका इच्छुकलाई निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेकोले दर्खास्त दिन सात दिनको सुचना गरेको छ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत लक्ष्यित बर्ग दलित र जनजाति हरुका लागि लोकसेवा आयोग द्वारा लिइने सहायक स्तर चौधौं, पाचौं तह र अधिकृतस्तर (अप्रविधिक) पदको लागि सरकारी सेवाको प्रतियोगितात्मक परिक्षा सम्बन्धि तयारी कक्षा संचालन गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश केसीले बताउनु भयो