बुधबार, भदौ २५, २०८२

बागलुङको जैदीमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

 

राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य दिल बहादुर दर्जी, राष्ट्रिय जनमाेर्चाका सुभचिन्तक बल बहादुर दमाई, स्व. राम बहादुर दमाई, सकस बहादुर दर्जी र तुल बहादुर दमाईकाे अामा जैमिनी नगरपालिका वडा न ७ जैदी निवासी खैसरा दमिनीकाे
८९ बर्षकाे उमेरमा २०८०/८/२३ गते भएको दुखद निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मिति २०८० मंसिर २७ गते पाँचौं दिन जैदी स्थित घरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सल्लाहकार अमर थापा र जिल्ला सदस्य ठाकुर शर्माले श्रद्धाञ्जली मन्तव्य दिनु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य लिलादेबि शर्मा, जिल्ला अध्यक्ष तिलक थापा, जिल्ला सचिवालय सदस्य थानेश्वर सुवेदी, दिल बहादुर श्रीस, जिल्ला सदस्य ठाकुर शर्मा, जैमिनी नगर सदस्यहरु शिव पाैडेल, नरिश्वर अार्चाय, मन बहादुर सुनार लगायतका नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली दिनु भएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?