
भारत राजिस्थान ,बेल रजाली मगर
राजस्थानको जयपुरमा रामेछाप जिल्लाकी एक महिलाको शंकास्पद मृत्यु भएकोछ। रामेछाप जिल्ला, गोकुलगङ्गा गाउँपालिका ४, बेताली बन्चरे माईत तथा दोलखा जिल्ला, तामाकोशी गाउँपालिका मालु ४ चापाबोट घर भएकी संगीताको १३ दिसम्बर २०२३ का दिन जयपुरमा मृत अवस्थामा भेटिएकी छिन। उनको घाँटीमा धारिलो हतियारले रेटिएकोछ। संगीताकी दिदी गीता रोक्काले बताए अनुसार संगीता दिवाली भन्दा चार दिन अघि मात्रै जयपुर आएकी थिईन। उनलाई उनका श्रीमानले जयपुरको बापुनगरमा काममा लगाई दिएका थिए भने आफुले अर्कै ठाँउमा काम गर्थे। आईतवार १० दिसम्बर का दिन संगीता श्रीमानको रुममा आएको र बुधबार १० बजे घाँटीमा धारिलो हतियार प्रयोगगरी मृत अवस्थामा फेला परेकी थिईन। उनका श्रीमानलाई पुलिसले नियन्त्रणमा लिई अनुसन्धान गरी रहेकोछ।