मङ्लबार, साउन १२, २०८३
झिमरुक नेटवर्क एण्ड मिडिया द्वारा संचालित
झिमरुक पोस्ट डटकम
दर्ता न . २७४१६८ / ०७८ /०७९
प्रधान कार्यलय : मल्लरानी गाउपालिका ४ खलंगा,लुम्बीनी प्रदेश नेपाल
इमेल : jhimrukpost2020@gmail.com
फोन न :9857833478, 9847839276
झिमरुक पोस्ट डटकमको लागी
अध्यक्ष : जुमान सिंह केसी
सम्पादक : प्रज्वल पहाडी
काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बिहीबार सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले प्रचण्डले मंगलबार दर्ता गरेको फैसला पुनरवलोकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको सर्वोच्च स्रोतले जनाएको छ ।
गत फागुन २३ गते सर्वोच्चले ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै नेकपा नाम उनकै भएको ठहर गरेको थियो । साथै सर्वोच्चले त्यही फैसलामा माओवादी केन्द्र र एमालेबीचको एकता पनि बदर गरिदिएको थियो । सोही फैसलाविरुद्ध प्रचण्ड पुनरवलोकनका लागि १७ गते सर्वोच्च जानुभएको थियो ।