बुधबार, भदौ २५, २०८२

बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको बस दुर्घटना बीस घाइते

दाङ ।
बर्दियाबाट वनभोजका लागि दाङ तर्फ जादैं गरेको यात्रु बोकेको बस दुर्घटना भएको छ ।

भे १ ख २०४१ नम्बरको बस अमेलिया, तुलसिपुर सडकखण्डको दमारगाउँमा बज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । एसपी रामबहादुर केसीका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।

घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका वडा नं ३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?