बुधबार, भदौ २५, २०८२

श्रीमतीको ब्वाइफ्रेन्डले जग्गा नदिएपछि गोली हानी सिवराजको हत्या

 

दाङ घोराही उपमहानगरपालिका ६ अघराका ४५ वर्षीय शिवराज केसीको हत्या उनकै गर्लफ्रेन्डका श्रीमानले गरेको खुलेको छ । श्रीमती दीपाको अनैतिक सम्बन्धकाबारेमा पूर्व जानकार रहेका बंगलाचुली गाउँपालिका ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवरले श्रीमती प्रयोग गरेर शिवराजसँग सम्पत्ति हडप्न योजना बनाए। दीपाले प्रेमी शिवराजलाई श्रीमानको योजना अनुसार फोन गरेर कोइलाखानी बोलाई सुरूङभित्र लगेर बन्धक बनाइ दुई कठ्ठा जग्गा दिन दबाब दिए। शिवराजले जग्गा दिन अस्वीकार गरेपछि उनीहरुले छातीमा गोली हानेर हत्या गरे। अभियुक्तहरू घटनापछि नयाँ दिल्ली पुगेको र भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनामा दीपाका भाइ २९ वर्षीय तिलक पुन पनि प्रक्राउ परेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?