बुधबार, भदौ २५, २०८२

जिल्ला सहकारी संघ प्युठानको दशौ साधारणसभा सम्पन्न

जुमान सिंह केसी
पौष २३, प्युठान
जिल्ला सहकारी संघ लिमिटेड प्युठानको दशौ बार्शिक साधारणसभा क्वाडीमा आइतबार सम्पन्न भएको छ।

साधारणसभाको प्रमुख अतिथि प्युठान नगरपालिका प्रमुख बिष्णु योगी रहनु भएको थियो उहाँले उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै सहकारी को माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा अगाडी बढ्न सक्ने बताउनु भएको छ उहाँले नगर पालिका सहकारी अभियानलाई साथ दिने बताउनु भएको छ।

साधारणसभामा संघले गरेका बार्शिक गतिविधि सहितको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियोे । साथै आगामी कार्यक्रम समेत व्यापक छलफल गरि पारित गरिएको छ।
साधारणसभामा जिल्लामा सहकारी अभियान सुस्त रहेको भन्दै अझै गतिशील र चलायमान गराउनु पर्नेमा बोल्ने बक्ताहरुले जोड दिएका थिए । ऊनीहरुले स्थानीय सरकार सहकारी क्षत्रलाई ध्यान दिन नसकेको गुनासो गरेका थिए । सहकारीलाई तीन खम्बे अर्थ नितिमा रहेको भए पनि यसको ब्यबहारिक कार्यनयन हुन नसकेको बताएआ छ्न।

संघका अध्यक्ष सुशील पोख्रेलको अध्यक्षता उपाध्यक्ष खिम ब जिसीको स्वागत मन्तब्य रहेको थियो भने संचालन सचीव बेगम घर्तीमगरले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?