मङ्लबार, भदौ २४, २०८२

राष्ट्रिय जनमोर्चा द्वारा कमला महताराको सम्झनामा झिमरुक तिन ढाकाडीमा श्रद्धाञ्जली सभा सम्पन्न

राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका वडा न.३ का उपाध्यक्ष रेकमवहादुर महताराकी श्रीमती कमला महताराको सम्झनामा आज ढाकाडीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चा झिमरुक-३ को आयोजनामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता कार्यक्रता तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष एवम् ३ न. वडा अध्यक्ष मीनवहादुर खत्री, अखिल (छैठौं)का महासचिव सुवाश जि.सि., राजमो जिल्ला सदस्य केसरजंग एम.सि., राजमो झिमरुकका सचिव खिमवहादुर वि.क., नेकपा माओवादी केन्द्रका नेता खड्गवहादुर थापा लगाएतको उपस्थिति रहेको थियो । नेताहरुले रेकमवहादुर महताराको सामाजिक योगदानमा दिवंगत कमला महताराको महत्त्वपूर्ण योगदान रहेको कुरा स्मरण गरेका थिए ।

 

कार्यक्रमको अध्यक्षता राजमोका सल्लाहकार तेजवहादुर खड्का र सन्चालन राजमो तीन न का अध्यक्ष नवराज के.सि.ले गर्नुभएको थियो।

६३ वर्षीय महताराको गत पौष १७ गतेका दिन आफ्नै निवासमा निधन भएको थियो । उहाँ लामो समयदेखि दम रोगले ग्रसित हुनुहुन्थ्यो । उहाँका एक छोरा गौतम र २ छोरी हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?