
बागलुङको बरेङ गाउँपालिकाको विगतका वर्षहरुमा जस्तै सञ्चालित चालु आर्थिक वर्ष २०८०÷०८१ मा पनि उमेर चौरासी सम्मान कार्यक्रम, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम मंगलबार देखी शुरु गरेको छ ।
गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले उमेर चौरासी सम्मान कार्यक्रम, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिंदै जेष्ठ नागरिकहरूका अनुभव, भोगाइ र विगतका पुराना असल प्रथा एवं प्रचलनहरूको संकलन तथा संरक्षण गरी नयाँ पिँढीमा हस्तान्तरण गर्ने व्यवस्था मिलाइने प्रयत्न गरेको छ ।
कार्यक्रमको दोस्रो दिन बुधबार गाउँपालिकाको वडा नं.१ धुल्लुबाँस्कोटमा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, उपाध्यक्ष दिलिप कुमार पुन, वडा नं. १ का वडा अध्यक्ष नरसेङ पुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुक्मित घर्ति पुन, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश छन्त्याल लगायतको समुह उमेर चौरासी पुगेका जेष्ठ नागरिकहरुको घरदैलोमा पगि ३१ जना उमेर चौरासी जेष्ठ नागरिकहरूका अनुभव, भोगाइ र विगतका पुराना असल प्रथा एवं प्रचलनहरूको संकलन र सम्मान गरेको छ ।
सोही कार्यक्रम मंगलबार गाउँपालिकाको वडा नं. ४ सल्यान र वडा नं. ५ सुखौरामा १६ जना उमेर चौरासी जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो भने भोली बिहीबार गाउँपालिकाको वडा नं. ३ बाटाकाचौरमा पनि उमेर चौरासी पुगेका जेष्ठ नागरिकहरुको घरदैलोमा पुगि सम्मान गर्ने कार्यक्रम रहेको छ ।