
जुमान सिंह केसी
प्युठान माघ ७
प्यूठान । विश्व कम्युनिष्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुगेको र त्यसको प्रभाव नेपाली कम्युनिष्ट आन्दोलनमा समेत देखा परेको कम्युनिष्ट पार्टीका नेताहरुले बताएका छन् ।
लेनिनको सताब्दी स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) जिल्ला समिति प्युठानले आयोजना भएको अन्र्तक्रिया कार्यक्रममा बोल्ने बत्ताहरुले लेनिनले कम्युनिष्ट आन्दोलनका लागि गरेको योगदानको चर्चा गर्दै अहिलेको परिवेशमा कम्युनिष्ट पार्टीहरुले अवको कार्यदिशाको बारेमा विचार विमर्श गरेर रणनीति र कार्यनिती बनाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले ठोस परिस्थितीको ठोस विश्लेषण गर्दै अवको रणनीति र कार्यनीति बनाउन आवश्यक रहेको बताउनुभयो । प्रमुख अतिथी पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन संयुक्त मोर्चाको आवश्यकता रहेको समेत औल्याउनुभयो । उहाँले लेनिनको बिचार अझै आवस्यक रहेको उल्लेख गर्नु भएको थियो।
देशमा एउटा मात्र कम्युनिष्ट पार्टी रहने भन्दै उहाँले नेपालमा पनि त्यसलाई एकतावद्ध गर्न सवै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य नारायण प्रसाद अधिकारीले रुसमा ४८ वर्षको उमेरको लेनिनले रुसी क्रान्ति सफल गरेको भन्दै अहिले कम्युनिष्ट आन्दोलनमा देखिएको चुनौती चिर्नका लागि कम्युनिष्ट नेताहरुले सोच्नुपर्ने बताउनुभयो । अहिले विश्वमा वित्तिय सम्राज्यवादको विकास भएको भन्दै त्यसलाई चिर्नका लागि माक्र्सवादको थप विकास गर्न आवश्यक रहेको उहाकोभनाई थियो ।
माक्र्सवाद गतिशिल रहेको र त्यसको थप विकास गर्न अहिले आवश्यक रहेको नेता अधिकारीले बताउनुभयो ।
नेकपा (मसाल) लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसीले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन कम्युनिष्ट विचार पुरानो भयो भनेर भ्रम फैलाउने काम भइरहेको बताउनुभयो । उहाँले पहिलेको तुलनामा अहिले शोषणको शैली फेरीएको भन्दै त्यसको विरुद्ध लड्न नयाँ तरिका अपनाउनुपर्ने बताउनुभयो । ‘संसदीय व्यवस्था पुरानो नहुने, त्यसपछि आएको माक्र्सवाद पुरानो कसरी हुनसक्छ ?’, उहाँले भन्नुभयो, ‘माक्र्सवाद, साम्यवाद, वैज्ञानिक समाजवाद गतिशिल छन् ।’
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपसचिव खिम बहादुर सुनार, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेले आफ्नो धारणा राख्नुभएको थियो ।
नेकपा मसालले ऐतिहसिक तीन अभियान अंतरगत लेनिन शताब्दी स्मृति दिवस मनाएको जनाएको छ।
कार्यक्रममा नेकपा(मसाल) का जिल्ला प्रवक्ता राम पहाडीले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अखिल छैठौंका महासचिव सुवास जिसीले गर्नुभएको थियो ।कार्यक्रम बाल मन्दीर क्वाडीमा सम्पन्न भएको छ।