सोमवार, भदौ २३, २०८२

चौथो राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता गौमुखीमा

बिमला पौडेल
माघ ७, प्युठान ।
गौमुखी गाउँपालिका प्यूठान द्वारा आयोजित चौथो राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आज ठुलाबेसीमा सम्पन्न भएको छ ।
शुक्रबार गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीलेर रनिङसिल्ड कपको उद्घाटन गर्नु भएको हो।

प्रतियोगितामा गौमुखी माबि ठुलाबेसी ८ स्वर्ण ४ रजत र ५ कास्य सहित प्रथम,खरा माबि रजवारा ७ स्वर्ण ३ रजत र ५ कास्य सहित द्वितीय, अर्खा माबि अर्खाले ५ स्वर्ण ५ रजत र २ कास्य सहित तृतीय स्थान हासिल गरेका छन् ।

शुक्रवार देखि संचालन भएको कार्यक्रम आज सकिएको गाउँपालिकाले जनाएको छ। गौमुखी गाउँपालिकाका सात वटा बिधालयबाट सहभागीता रहेको थियो।
बिजेता खेलाडीलाई गाउँपालिका उपाध्यक्ष महावीर राना मगरले पुरुस्कार प्रमाणपत्र र मेडल वितरण गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?