
अयोध्या उत्तर प्रदेस
“जय श्रीराम”:- आज भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदैछ। लामो संघर्षपछि अयोध्यामा राम मन्दिर बनेकोले आजको दिनलाई भारतमा बिषेशरुपमा लिईएको छ। भारतीय समयअनुसार बिहान ८ः३० बजे गणेशको पूजा गरेर प्रतिष्ठान समारोह सुरु हुनेछ भने प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो २ बजे १५ मिनेटमा शिव मन्दिरको पूजा गरेपछि बैद्धिकरुपमा राम मन्दिरको प्राणप्रतिष्ठा हुनेछ। यता राम मन्दिरको प्राणप्रतिष्ठा हुन लाग्दा भारतमामात्रै नभई नेपालको अधिकांश मठमन्दिरमा पनि सोमबार दीप प्रज्ज्वलन गरिँदैछ भने कतिपय ठाँउमा सार्वजनिक बिदादेखि पशुहत्यामाथि पनि रोक लगाईएको छ।