
११ जना भारतीयलाई अमेरिका लैजाने भन्दै काठमाडौँ ल्याइ बन्धक बनाउने ७ जना भारतीय र २ जना नेपालीलाई पक्राउ गरिएको छ। बन्धक बनाएपछि भारतमा भिडियो कुराकानी गर्न लगाएर रकम असुल्ने गरेका थिए। एजेन्ट समूहले बन्धक बनाएकाहरुलाई शारीरिक मानसिक यातना दिने र भारतमा रहेका आफन्तहरुको ज्यान सम्म लिने धम्की दिने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।