
फाल्गुन १२, प्युठान
जुमान सिंह केसी
रसीया युक्रेन युद्धको २ वर्ष पूरा भएको अवसरमा युद्ध विरुद्ध साम्राज्यवादी युद्ध र नरसंहार विरुद्ध प्युठानको खलंगामा प्रदशन भएको छ।
बिश्व शान्ती कायम गर, युद्ध पिपासु साम्राज्यवादी लडाई बन्द गर भन्दै राष्ट्रिय जनमोर्चाले खलंगा पार्टी चोकमा कोणसभा गरेको हो।
राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले साम्राज्यवादी मुलुकहरुले हत्याहिंसा निम्त्याउने कार्यमा अग्रसर रहने गरेको बताउनु भएको छ उहाँले भन्नू भयो अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप बढ्दै गइरहेको प्रती लक्ष्यित गर्दै यश प्रकारका अमानवीय कार्य तत्काल रोकि शान्तिपुर्ण वातावरण कायम गर्न भुमिका खेल्न आग्रह गर्नु भएको छ।
फासिवाद तथा साम्राज्यवाद विरोधी संयुक्त मोर्चाका युवा उपाध्यक्ष सुवाश जि सिले एकापट्टि अमेरिका र नाटोहरुको समर्थनमा साम्राज्यवादी मुलुक युक्रेन र अर्कोतिर रसिया विचमा जारी युद्दमा दशौ सर्वसाधारणहरुको हत्या भएको छ।
अमेरिकाले विश्वलाई मानव अधिकारको पाठ पढाउने तर अन्य मुलुकमाथी युद्द अपराध थोपर्ने जुन कार्य छ त्यो निन्दनीय र भर्त्सनायोग्य भएको बताउनु भयो उहाँले” हामी विश्व शान्तीको कामना गर्दछौं र फासिवादी तथा साम्राज्यवादीहरुलाई युद्द बन्द गर्न आव्हान गर्दछौं ” उहाँको भनाइ छ ।
कार्यक्रममा जिल्लाका नेताकार्यकर्ता हरुको उल्लेखनीय सहभागिता रहेको थियो। कोणसभामा नाराजुलुस सहित प्रदशन गरिएको कार्यक्रमको संचालन राजमो प्युठानका सचीव केशवराज आचर्यले गर्नु भएको थियो।