आइतवार, बैशाख ६, २०८३

नेपाल रेडक्रस साेसाइटी प्युठानको ३८औ बार्षिक साधारणसभा बाहानेमा सम्पन्न

 

नारायण जिसि प्युठान ,

नेपाल रेडक्रस साेसाइटी प्युठान जिल्ला शाखाकाे३८औ बार्षिक साधारणसभा नाै बहिनी गाउँपालिकाकाे गंगा मा.वि.बाहानेमा सम्पन्न भएको छ।


जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि.सी.ले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्दै विपदजन्य घटना न्युनिकरणकाे लागि जिल्लाका नाै वट‌ै स्थानीय तहहरुले दिर्घकालिन याेजना बनाउनु पर्ने बताउनु भयाे।
बिशेष अतिथि प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले विपद न्युनिकरणमा रेडक्रससंग सहकार्य गर्ने बताउनु भयाे ।

अर्का बिशेष अतिथि नाै बहिनी गाउँपलिका अध्यक्ष डिल बहादुर थापाले नाै बहिनी गाउँपालिका बर्सेनि बर्षाजन्य उच्च जाेखिममा भएको ध्यानाकर्षण गराउनु भयाे ।कार्यक्रममा गेहराज पण्डित ,महेस थापा,नारायण पाैडेल,इन्द्रमणि पाेखरेल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियाे।

साधारणसभाले१८ वटा उपशाखा मध्ये नेपाल रेडक्रस साेसाइटी मच्छी उपशाखालाई उत्कृष्ट उपशाखा ,एसस्कर सदस्यमा डाक्टर लेखराज सुवेदी ,यु.रे.स.संरक्षक द्वयमा जनता मा.वि.बाग्दुलाका प्र .अ.इन्द्रमणि पाेखरेल र जनता मा.वि.विजुलीका प्र .अ.षडानन्द पाैडेल,रक्तदाताहरुमा लायन्स क्लब अफ प्युठान र मनु लामा,युवा रेडक्रस सर्कलमा खड्गेश्वरी मा.वि.दर्भानलाई सम्मानित गरेको छ।
तिलक स्मृति पुरुस्कारबाट स्वयंसेवक नारायणी जि.सी.,शिक्षक नायक जन जागृति मा.वि. कसेरीका मधु प्रसाद भण्डारी र यु.रे.स.तर्फ जनता मा.वि.बाग्दुलाका सुशील बुढाले पुरस्कार प्राप्त गरेका छन्।

 

कार्यक्रमकाे अध्यक्षता गुमानराज पुलामी,स्वागत भाषण बिष्णु प्रसाद जैसीले,आर्थिक प्रतिवेदन घनश्याम न्याैपाने र प्रतिवेदन तथा संचालन मन्त्री दामाेदर शर्माले गर्नु भएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?