
जुमान सिंह के.सी.
२४ फाल्गुन, प्युठान ।
२६१ औं नेपाली सेना दिवस बिबिध कार्यक्रम गरि मनाईएको छ । सदरमुकाम खलंगा टुडिखेलमा श्री बर्द बहादुर गण प्यूठानले औपचारिक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो ।
गणले तेक्वान्दो प्रदर्शन, कुर्सी दौड, चम्चा दौड, घैटो फोर प्रतियोगिता सहित बिबिध साँस्कृतिक कार्यक्रम गरि मनाएको छ।
नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाका शहिद परिवारलाई सम्मान समेत गरिएको थियो । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि,जिल्ला स्थित सुरक्षानिकायका प्रमुख, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार,आम नागरिकको सहभागिता रहेको थियो ।
त्यस्तै आजै बिहान श्री बर्द बहादुर गणका प्रमुख सेनानी रमेश थापाले मल्लरानीमा रहेको शिव मन्दिर पुनर्निर्माण गरि गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्कालाई ब्यबस्थापन र संरक्षणका लागि मन्दिर हस्तान्तरण गर्नुभएको थियो ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने बेला बि.सं. १८१९ मा स्थापना भएको पाँच वटा कम्पनी मध्य श्री बर्द बहादुर बज्रबाणी कम्पनीको नामबाट स्थापना भएको गणका प्रमुख सेनानी रमेश थापाले बताउनु भयो ।
नेपाली सेनाले बहिय सुरक्षा,आन्तरिक सुरक्षा,बिपत ब्यबस्थापन,बिकास निर्माणका साथै सामाजिक अभियानमा समेत क्रियाशील रहदै आएको प्रमुख सेनानी रमेश थापाले बताउनु भयो।
यस गणले नेपाल एकीकरणको अभियानमा बिजय हासिल गरेको उल्लेख गर्दै प्रथम बिश्वयुद्ध तथा दोस्रो बिश्वयुद्धमा भारतमा भएको हिन्दु मुस्लिम दङ्गा नियन्त्रणमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको गणले जनाएको छ।
गणले २०२० सालमा निशान प्राप्त गरेको थियो ।