
-बिन बहादुर रेग्मी,
(झिमरुक पोष्ट संवाददाता)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत महिला नगर विभागको आयोजनमा सुरत नगर कार्यालय मा व्यापक महिला दिदि बहिनिहरु कोे उपस्थितीमा शान्ति तिरुवाको अध्यक्षतामा सविना कुँवरको सञ्चालनमा एक मिनेट मौनधारण सहित लक्ष्मी ताम्राकारले उपस्थीत जनसमुदाय लाई स्वागत गर्नु भयो। मञ्चमा आसीन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रित सचिब तथा पश्चिम भारत क्षत्रिय अध्यक्ष वेद वहादुर कार्की, सुरत नगर समिति अध्यक्ष किशोर ताम्राकार , सचिन नगर अध्यक्ष बिन बहादुर रेग्मी ले समसामयिक विषयमा मन्तब्य राख्नु भएको थियो।
114औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं। महिला हिंशा र विभेदका विरुद्ध संघर्ष गरौँ।।
भन्ने मूल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर महिला विभागले कार्यक्रम शानदार रूपमा सफल पारेको छ।
आधा धर्ती र आधा आकाश ओगटेका महिलाहरुको हक अधिकार सुनिश्चित गर्ने गराउनेमा आजको दिन ऐतिहासिक महत्व बोकेको दिन हों।











