आइतवार, भदौ २२, २०८२

लुधियानामा ११४ औ महिला दिवस कार्यक्रम सम्पन्न

 

खिमराज चालीसे चंडिगढ
८ मार्च २०२४

भारतको पंजाव राज्यको लुधियानामा पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग लुधियानाको आयोजनामा ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवश सम्पन्न गरिएको छ।

समारोहमा गहकिला विचार राख्दै बोल्ने वक्ताहरुम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय परिषद सदस्य उदय सिंह चन्द्र , केन्द्रीय परिषद सदस्य अर्जुन कार्की, फोकल प्वाइंट नगर समितिका बिनराम पुरी र हरि केसी, सिटीका भगत बिक र जैराम बिक महिला क्षेत्रिय सदस्य बिमला अधिकारी र रक्क्तिमबाट गिता पोखरेल, बिध्यार्थीबाट मनी चन्द्र लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम मिना दर्लामीको अध्यक्षतामा तथा बसन्ती थापाको संचालनमा सम्पन्न भएको हो भने स्वागत दिपा चन्दले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?