शनिबार, भदौ २१, २०८२

अपाङ्गतामैत्री भौतिक संरचना निर्माण बिषयक अंतरक्रिया कार्यक्रम सम्पन्न

२९ फाल्गुन प्युठान
राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा गौमुक्जी गाउँपालिकामा अपाङ्गता मैत्री भौतिक संरचना निर्माण बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

सामाजिक बिकास डिभिजन कार्यालय प्युठानको सहयोगमा सिबिआर कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको संघले जनाएको छ।
अपाङ्गता भएका ब्यक्तिहरुको अनुकुल र पहुँच योग्य संरचना निर्माणमा सम्बन्धित निकायले ध्यान नदिदा समस्या भोग्नु परेको अपाङ्गता भएका ब्यक्तिले गुनासो गरेका छ्न।

गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले भौगोलिक अवस्थाले गर्दा पनि पुर्णरुपमा मैत्री संरचना निर्माण गर्न कठिनाइ भए पनि अपाङ्गता भएका ब्यक्तिलाई सहज पहुँच योग्य बनाउन गाउँपालिका तत्पर रहेको बताउनु भयो।उहाँले अपाङ्गता भएका ब्यक्तिको आर्थिक, सामाजिक अवस्था समेत कमजोर रहेकोले आत्मनिर्भर गराउन आवस्यक रहेको समेत बताउनु भयो।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह केसीले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको हो।
कार्यक्रममा बोल्ने वक्ताहरुले अपाङ्गताको संबेदनसिलता लाई ध्यानमा राखेर कार्य गर्नपर्ने धारणा राखेका थिए ।

गाउँपालिका भित्रका सरोकारवाला निकाय सहभागी रहेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष हुनाराम खड्काले गर्नु भएको थियो भने संचालन संघका सचीव राजेन्द्र रावत क्षत्रीले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?