शनिबार, भदौ २१, २०८२

कतारमा अन्तर्राष्ट्रिय महिला दिवसका साथै दोस्रो भेला सम्पन्न

शंकर प्रसाद पोख्रेल ,

 

कतार नेपाली एकता समाज महिला बिभागको  आयोजनामा कतारमा  ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस का साथमा महिलाहरुको दोस्रो भेला सम्पन्न भएको कतार नेपाली एकता समाजका अध्यक्ष राम प्रसाद पराजुलीले जानकारी दिनुभएको छ।

महिलाहरुको दोस्रो भेलाले  जानुका बस्नेत खड्कालाइ संयोजक तोकेको छ भने सदस्य हरुमा – अमिना खान ,हिरा शर्मा ,कुमारी काउछा,शान्ता राना, सन्तोसी धकाल , एलिसा लुहागुन , बैकल्पिक सदस्यहरु- मिना न्यौपाने , दुर्गा परियार सल्लाहकार हरु सन्दिपा सुब्बा , मिना तामाङ , रिना हिङमान रेस्मी दिवारी  रहेको समिती बनेको छ।

 

उक्त कार्यक्रमको संचालन  हिरा शर्माले गर्नुभएको थियो भने
अध्यक्षता -संयोजक जानुका बस्नेत खड्काले गर्नुभएको थियो।

कार्यक्रमको
प्रमुख अतिथि- कतार नेपाली एकता समाजका अध्यक्ष राम प्रसाद पराजुली हुनुहुन्थ्यो  साथै  अन्य अतिथिहरुमा
अन्तराट्रिय नेपाली एकता समाजका सदस्य खिम बुढा ,एकता समाजका प्रथम उपाध्यक्ष कमल आचार्य , दितिय उपाध्यक्ष अमिना खान, महासचिव मिनराज पुन,सचिव बलदेव राना , युगदर्सन पत्रकार टेकराज थापा उद्दब मगर हुनुहुन्थ्यो ।

कार्यक्रममा स्वागत मन्तब्य -कुमारी काउछाले राख्नुभएको थियो।

प्रमुख अतिथि  कतार नेपाली एकता समाजका अध्यक्ष राम प्रसाद पराजुलीले – अन्तर्राष्ट्रिय  श्रमिक महिला  दिवस र त्यसको महत्त्व  बारे  प्रकाश पार्दै गर्न पर्ने काम सगै बिभिन् बिषय बारे जानकारी दिनुभएको थियो  ।यसै गरि आफ्नो देश मा रोजगारीको अवसर नहुनाले बिदेशिन बाध्य भएका  सम्पूर्ण नेपाली हरु ले आफ्नो परिवारको लागि जुन सपना बोकेर आएका छौ त्यो सपना हरु लाइ साकार बनाइ आफ्नो समय र ५०/५५ डिक्ररी को तातो घाम र सरिरको पसिनाको सहि सदुपयोग गरि विसंगति को बाटा हरु मा नलागी आफुलाई
सधैब एउटा परिबारको असल जिम्मेवारी व्यक्ति बनि समाज र सामाजिक कार्यमा आफ्नो खालि टाइम लाइ सदुपयोग  गर्न सुझाव दिनुभएको थियो त्यसैगरी सुमधुर समाज परिबर्तन गर्ने अठोटका साथ् यस्ता कार्यकर्म गरि जनचेतना जगाउने जानकारी गराउनु भयको थियो।

प्रबासमा रहेर पनि आफ्नो नेपाली पन झल्काउने र आपसी सद्भाव बढाउने सगै प्रबास स्थित संघ सस्थाहरु बिच भाइचारा तथा आपसी सहिष्णुता बढाइ चाडको नाममा हुने बिकृतीलाई हटाउदै
प्रगतिशिल शैलिमा अभिप्रेरित गराइ पुराना रुढीबादी पराम्परालाइ तोडदै धर्म सस्कृतीको नाममा महिलामाथी हुने सबैखाले बिभेद र शोषणको अन्त्य गर्दै नयाँ परिवर्तनशिल बाटोहरुमा अगाडी बढ्न अध्यक्ष पराजुलीले आग्रह  गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?