बुधबार, कार्तिक २०, २०८२

दमकल सहितको जनशक्तिले डढेलो तथा आगलागी नियन्त्रणमा सहजहुने:- प्रजिअ अर्याल

७ चैत्र, प्युठान ।
जुमान सिंह केसी
प्युठान । गर्मीयम सुरु भएसंगै हावाहुरी र बन डढेलो, आगलागीका घटना हुने गर्दछ्न।
नेपाली सेनाको अनुरोधमा जिल्ला सुरक्षा समिति प्युठानको निर्णय अनुसार प्युठान नगरपालिकामा रहेको दुईवटा दमकल मध्य एकवटा दमकल श्री बर्द बहादुर गण ( आर्मी ब्यारेक) खलंगालाई दिन आग्रह भएकोले ब्यारेकलाई दमकल उपलब्ध गराइएको प्युठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बताउनु भयो।

प्युठान जिल्ला वन डढेलो तथा आगलागीका घटनामा उच्च जोखिममा रहेकोले उद्दारका लागि दक्ष जनशक्ति सहित दमकलको ब्यबस्थापनले छिटोछरितो काम गर्न सकिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जानकारी दिनु भयो।

उहाँले भन्नू भयो आगलागीका घटनाहरुमा नेपाली सेना आग्रपङतीमा रहने गरेको छ तर कतिपय प्राविधि सामग्री नहुदा समस्या हुने गरेको भन्दै ब्यारेकमा दमकलको ब्यबस्थापनले उद्दार तथा नियन्त्रणमा सजिलो हुने बताउनु भयो।

प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगीले बिपत ब्यबस्थापन, आगलागी जस्ता घटनामा नियन्त्रण गर्न सजिलो होस भनी एउटा दमकल नेपाली सेनालाई हस्तान्तरण गरिएको बताउनु भयो।

श्री बर्द बहादुर गणका प्रमुख सेनानी रमेश थापालाई आवस्यक कागज सहित साचो हस्तान्तरण गरिएको प्युठान नगरपालिकाले जनाएको छ।
आगलागी तथा वन डढेलोका कारण बर्सेनि धनजन,घरगोठ, पशु चौपाय तथा बनजङ्गल र जनावरहरुको ठूलो क्षती हुँदै आइरहेको छ।

गत वर्ष आगलागीका कारण सदरमुकाम खलंगा बजार, आर्मी ब्यारेक जोखिममा रहेको थियो।
यस वर्षमा पनि जिल्लाका विभिन्न स्थानहरुमा आगलागीका घटनाहरु सुरु हुन थालेका छ्न ।
प्युठान जिल्ला आगलागी तथा डढेलोको उच्च जोखिममा रहेकोले सबै सरोकारवालाहरु सचेत हुनुपर्ने गणका प्रमुख सेनानी रमेश थापाले बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?