शनिबार, भदौ २१, २०८२

गुजरातको वापिमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सम्पन्न

निखिल रावत गुजरात वापि
25/03/2024

मुलप्रवाह अखील भारत नेपाली एकता समाज पस्चिम भारत क्षेत्रेय समिति अन्तर्गत सिलसिला नगर समिति दमन नगर समिति वापि पुर्व नगर समिति वपि पस्चिम नगर समिति को संयुक्त आयोजना मा दिनांक 24/25/ मार्च 2024 को झुनझुनवाला स्कुल को खेल मैदान मा खुल्ला पुरुष फुटबॉल प्रतियोगिता संपन्न भयको छ ।
मुलप्रवाह अखील भारत नेपाली एकता समाज वापि पुर्व नगर समिति अध्यक्ष तथा संयुक्त खेल विभाग संयोजक भुवन सिंह धामि को अध्यक्षता र मुलप्रवाह केन्द्रीय सदस्य गोबिंद थापा प्रमुख अतिथि रहनु भयको थियो अन्य अतिथि मा मुलप्रवाह केन्द्रीय सदस्य रमकला काउछा कृष्ण कुंवर श्रिधर शर्मा पस्चीम भारत क्षेत्रेय उपाध्यक्ष बाबुराम दहित वापि पस्चिम नगर समिति अध्यक्ष निखिल रावत पस्चिम भारत क्षेत्रेय सचिवालय सदस्य प्रविन सिंह काउछा सिलवासा नगर बाट मान बहादुर थापा दमन नगर समिति अध्यक्ष सेर बहादुर बिक पस्चीम भारत क्षेत्रेय सदस्य सेर सिंह आउजी पस्चीम भारत महिला बिभाग संयोजक बिष्णु माया शर्मा क्षेत्रेय सदस्य शोभा धामी लगायत अतिथि रहनु भयको थियो।

यस्तै फुटबल प्रतियोगितमा जम्मा टिम को सहभागिता रहेको थियो र नविन बि क क्याप्टेन रहेको अक्लेशोर युवा क्लब प्रथम भयको थियो भने बबिन चन्द क्याप्टेन रहेको निरा वनिवर्श द्वितिय भयको थियो भने अक्लेशोर युवा क्लब का अम्मर उत्कृष्ट खेलाडी बन्नु भयको थियो ।

बिजेता र उप-बिजेता र सम्पूर्ण खेल मा सहभागी खेलाडी लाई शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गोविन्द बहादुर थापा ले भन्यो खेलाडी भनेको देश को गहना हो तर आज देश को लागि खेलेका खेलाडि हरू ले पनि बिदेश पलायन हुनु पर्ने बाध्यता भयको देख्दा दुःख लाग्छ मुलप्रवाह अखिल भारत नेपाली एकता समाज मात्र एक संगठन हो जो सबै को साझा हो बाध्यता ले प्रवासिएका युवा को लागि खेल आयोजना गर्ने गर्छ तपाईं हामि हरु मिलेर मात्र नेपाली हरु माथि आईपर्ने समस्या हरु लाई निराकरण गर्न सहयोग सकिने बताउनु भयो
चेतनाथ ढकाल ले संचालन गर्नु भयको कार्यक्रम मा सहभागी लाई प्रविन काउछा ले स्वागत मन्तब्य बाट स्वागत गर्नु भयको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?