ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार बुटवल उपमहानगरपालिका वडा नं ९ स्थीत कालिका पथमा रहेको सिद्धार्थ कटेज अगाडि हिजो राती साँझ करिब ९ः१५ बजेको समयमा बुटवल ३ गोलपार्कका सागर थापा माथी छुरा प्रहार भएको हो।
स्थानीय युवाहरु बीच भएको झगडामा छुरा प्रहारबाट बुटवल उपमहानगरपालिका वडा नं ३ का सागर थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। दायाँ कोखामा चोट लागेका थापालाई स्थानीयले उद्धार गरी लुम्बिनी प्रादेशीक अस्पताल पुर्याएका थिए।
घाईते थापाको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ भने चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा बुटवल उपमहानगर ३ का सुजन गलामी र युवराज पुन रहेका छन्। पक्राउ परेका दुई जनामाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी गराएको छ।