आइतवार, बैशाख ६, २०८३

गौमुखी गाउँपालिकाले बिधालय मर्जगर्ने भएपछि समुदाय आन्दोलनमा

ठुलाबेसी, प्युठान ।
गौमुखी गाउँपालिकाले गाउँपालिकाका ६ वटा बिधालय मर्ज गर्ने प्रस्तावको विरुद्ध समुदायले आन्दोलन गरेका छ्न।

गौमुखी गाउँपालिकाको शिक्षा समिति तथा सर्वपक्षीय बैठकमा बिधालय मर्जगर्ने प्रस्तावमा छलफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले बताउनु भयो। उहाँले भन्नु भयो “प्रस्तावमाथी छलफल भएको हो निर्णय भैसकेको छैन” बिधालयमा विद्यार्थी संख्या न्यून भएका बिधालय, अर्को बिधालय नजिक पायक पर्ने भूगोललाई समेत ध्यानमा राखेर मर्ज गर्न खोजिएको उहाँको भनाइ छ।

उता समुदायको बिचमा छलफल नगराई भएका बिधालय मर्ज गर्ने निर्णय गरेर घर पाएकमा अध्ययन गरिरहेका बालबालिकाको शैक्षिक अधिकार कटौती गर्न खोजिएको आन्दोलनमा सहभागी शालिकराम शर्माले बताउनु भयो।

गौमुखी गाउँपालिकाका वडा न. ४ र ५ न. वडाका सम्बन्धित बिधालय आसपासका जनसमुदायले गाउँपालिकामा जुलुस सहित कोणसभा गरेकाछ्न उनीहरुले तत्काल मर्ज गर्ने निति नसच्याए कडा आन्दोलन गर्ने बताएका हुन।

बिरोध कार्यक्रममा जनता आधारभुत सुन्दर मेलाका शिक्षक अभिभावक संघका अध्यक्ष डोरमान गिरीले आर्थिक समस्या देखाएर बालबालिकालाई शिक्षाबाट बन्चित गर्न खोजेको आरोप लगाउदै गाउँपालिका गम्भीर हुन आग्रह गर्नु भयो।
गाउँपालिकालाई ध्यानाकर्षण पत्र पेश गर्दै पाइरहेको सुबिधाबाट बन्चित नगर्न आग्रह गरिएको आन्दोलनमा सहभागी गणेश केसीले बताउनु भयो।

उता गाउँपालिकामा मर्ज गर्ने प्रस्तावमा छलफल भएको थियोे आफुले उक्त प्रस्तावका विरुद्ध नोटअफ डिसेन्ट लेखेर आफ्नो असहमति जनाएको वडा न. ५ का वडा अध्यक्ष बरुणध्व्ज मल्लले बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?