शनिबार, भदौ २१, २०८२

मल्लरानीमा नेवारी खाना बनाउने तालिम सम्पन्न

चैत्र २१, प्युठान ।
जुमान सिंह केसी
पमल्लरानी गाउँपालिकाले खाना परिकार बनाउने तालिम (नेवारी खाना बनाउने) सम्बन्धि तीन दिने तालीम सम्पन्न भएको छ।
खलंगामा खाना पकाउने तालिम गराई मल्लरानीमा पर्यटनलाई प्रबर्द्धन गर्न, आन्तरिक तथा बाहय पर्यटकलाई आकर्षक गर्नमा तालिमले मद्दत गर्ने गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताउनु भयो।

उहाँले सहभागीहरुलाई सिकेको सिपलाई व्यावसायिक रुपमा प्रयोग गर्न आग्रह गर्नु भयो। अध्यक्ष खड्काले भन्नू भयो ब्यक्तिको आयआर्जनमा टेवा पुर्याउने बिश्वास व्यक्त गर्नु भयो।

साथै गतवर्ष मल्लरानीमा खाना महोत्सव संचालन भयो सायद यो वर्षपनि निरंतरता हुन्छ होला” त्यसलाई पनि यो तालिमले प्रत्येक्ष सहयोग गर्ने उल्लेख गर्नु भयो।

मल्लरानी गाउँपालिकाको वार्शिक स्वीकृत कार्यक्रम अंतरगत खाना बनाउने तालिम संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत गिर बहादुर सेजुवालले बताउनु भयो।

तीन दिन सम्म संचालित तालिमको प्रशिक्षक धन बहादुर तिमिला महर्जन र प्रेम कृष्ण श्रेष्ठले
नेवरी खाना, खाजाका विभिन्न परिकार, नेवारी भोज, समे बजि आइटम र मासुका विभिन्न परीकारका आइट्म्हरु सिकाइएको प्रशिक्षक धन बहादुर महर्जनले बताउनु भयो।

तालिममा मल्लरानी गाउँपालिकाका विभिन्न वडाबाट २३ महिला र १ पुरुष गरि २४ जनाको सहभागीता रहेको गाउँपालिकाका योजना अनुगमन शाखा प्रमुख बन्दना शाक्यले बताउनु भयो ।
समापन कार्यक्रममा प्रशिक्षक तथा सहभागी हरुलाई प्रमाणपत्र समेत पर्दान गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?