आइतवार, बैशाख ६, २०८३

जनशक्ति तथा सस्थागत बिकास सम्बन्धि अभिमुखिकरण कार्यक्रम खलंगामा ।

 

बिमला पौडेल

प्युठान। राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा जनशक्ति तथा सस्थागत बिकास सम्बन्धि अभिमुखीकारण कार्यक्रम खलंगामा सम्पन्न भएको छ।

सामाजिक बिकास डिभिजन कार्यालय प्युठानको सहयोगमा सिबिआर कार्यक्रम अन्तरगत अभिमुखिकरण कार्यक्रम गरिएको संघका महासचिव रमेश केसीले बताउनु भयो।

एक दिने कार्यक्रममा सस्थागत काम, गतिविधि, पदिय जिम्मेवारी र समितिलाई क्षमता बिकास गराउने उदेश्यले कार्यक्रम गरिएको संघका अध्यक्ष हुनाराम खड्काले बताउनु भयो।

अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका पदाधिकारी, सदस्य, सल्लाहकार र अगुवा अपाङ्गता संजालका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।
कार्यक्रमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह केसीले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?