मङ्लबार, भदौ १७, २०८२ | Tuesday 2nd September 2025
नेकपा मसाल रुपन्देहीले मनायो मजदुर दिवस , क्रान्ति आवश्यक छ: मनोज भट्ट
झिमरुक पोस्ट
बुधबार, बैशाख १९, २०८१
शंकर प्रसाद पोख्रेल, बुटवल (रुपन्देही) ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले देशमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको बताउनुभएको छ। नेकपा (मसाल) रुपन्देही जिल्ला समितिले बुधबार बुटवलमा आयोजना गरेको ऐतिहासिक तीन अभियान समापनका अवसरमा बोल्दै भट्टले नेकपा (मसाल) कै नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुने बताउनुभयो ।
मसालले १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर आज लेनिनको जन्म शताब्दी सम्बन्धी एक वर्षे कार्यक्रम, नेकपा स्थापनाको हीरक जयन्ती तथा पार्टीको नवौं महाधिवेशनको सन्देश दिन देशब्यापी सभा गरेको हो ।
समापन कार्यक्रममा महासचिव भट्टले नेकपा मसालले कार्यनीतिक रुपमा तत्काल प्राप्त उपलब्धिको रक्षा गर्दै दीर्घकालीन रुपमा सशत्र संघर्षको माध्यमबाट नयाँ जनवादी व्यवस्था स्थापना गर्ने बताउनुभयो । उहाँले नेपाल अहिले पनि अर्धसामन्ती र अर्ध औपनिवेसिक देश रहेको र भारतले नेपालमा राणहरुको पालदेखि अहिलेसम्म हस्तक्षेप गर्दै आएको बताउनुभयो । उहाँले दलहरूको सत्तामोहले गणतन्त्र धरापमा परेकोले प्रतिगामी शक्तिहरु सल्बलाएको बताउँदै प्रतिगमन, संघीयता तथा वैदेशिक हस्तक्षेपविरुद्ध आन्दोलन सशक्त पार्नुपर्नेमा जोड दिनुभयो ।
भट्टले पाटिको नवौं महाधिवेशन ऐतिहासिक रूपमा सम्पन्न भएको बताउँदै नेपालमा नामधारी कम्युनिष्ट धेरै रहेकाले उनीहरुको नीति सधैं ढुलमुल मात्र हुने गरेको बताउनुभयो।
कार्यक्रममा बुद्धिजीवि संघका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य, नेपाल ट्रेड युनियन महासंघ अन्टुकका टिकाराम शर्मा, अखिल नेपाल बुद्धिजीवि संघका केन्द्रीय सदस्य लीलबहादुर केसी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष ढुन्डिराज शर्माले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चन्द्र बहादुर केसी, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सचिव उषा पुन, किसान महासंघ रुपन्देही जिल्ला अध्यक्ष गणेश गौतम , अनेमसंघकी इन्दिरा ज्ञावली, जनजाती सम्मेलनका नारायण पुन, समात समाजका दिलप्रसाद नेपाली लगायतको अतिथ्यता रहेको थियो।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकार हरुले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको संचालन गंगालाल सापकोटा, अध्यक्षता नेकपा मसालका रुपन्देही जिल्ला प्रवक्ता लालचन्द पन्थ र स्वागत राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला अध्यक्ष टानबहादुर केसीले गर्नुभएको थियो।
बुटवलको एसियन पाटी पेलेसमा सम्पन्न कार्यक्रममा अबधाराणपत्र कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्यले प्रस्तुत गर्नुभएको थियो।