शुक्रबार, भदौ २०, २०८२

जापान नेपाली एकता समाजले मनायो १३५ औं मजदूर दिवश

जापान नेपाली एकता समाजले मनायो १३५ औं मजदूर दिवश
मेघराज रिष्मेली जापान
२०२४/५/१ बुधबार

जापान नेपाली एकता समाज क्षेत्रीय समिती कान्साईको आयोजनामा १३५ औं मजदूर दिवश ओसाका स्थित बासुरी रेष्टुरेण्टको हलमा सम्पन्न भएको छ।
जापान नेपाली एकता समाज कान्साई क्षेत्रका अध्यक्ष गोपालकृष्ण सापकोटाको अध्यक्षता, सचिव मेघराज सापकोटाको संचालन र उपाध्यक्ष भुवन सापकोटाको स्वागतमा कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथी अखिल नेपाल महिला संघका केन्द्रिय कोषाध्यक्ष रितु केसी लगायत अतिथिहररुमा एकता समाजका सल्लाहकार नन्दु शर्मा, अन्तराष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष हेमलाल गौतम, एकता समाजका जापानका सल्लाहकार यामलाल सापकोटा, भिम केसी, महासचिव तेजेन्द्र क्षेत्री, कोषाध्यक्ष छन्द सापकोटा, नौमतिवाजा समुहका अध्यक्ष गोपाल खत्री, कलाकार खिम खरेल सथै नेपालवाट जापान भ्रमण तथा पारिवारिक भेटघाटमा आउनुभएका अभिभावक … रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रितु केसी सल्लाहकार यामलाल सापकोटा र महासचिव तेजेन्द्र क्षेत्रीले मजदुर दिवसको ईतिहांस महत्व र जापानमा नेपाली मजदुरको अवस्थाको विषयमा मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा महासचिवले ‘जापान स्थित नेपाली मजदुरहरुको पहुंच मजदुर संगठन र ट्रेड युनियन सम्म नभएको साथै यसप्रती उल्लेखनिय प्रयास पनि नभएको सन्दर्भ’ जोडनु भएको थियो ।
नौमती वाजा को रमाईलो प्रस्तुती सहित १३५औं मजदुर दिवस भव्य रुपमा सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?