शुक्रबार, भदौ २०, २०८२

बाग्लुङमा राष्ट्रिय जनमाेर्चाका जनप्रतिनिधिहरुकाे कार्यशाला सम्पन्न

राष्ट्रिय जनमाेर्चा बागलुङकाे जनप्रतिनिधिहरुकाे कार्यशाला २०८१ बैशाख २२ गते बागलुङ बजारमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङ का प्रमुख अमर बहादुर थापाले उदघाटन गर्नु भएको थियोे । कार्यक्रममा प्रमुख अतिथ जिल्ला समन्वय समिति प्रमुख अमर बहादुर थापा, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य गाैरिश्वर पाण्डे, पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण पाैडेल, बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले प्रशिक्षण तथा शुभकामना मन्तव्य राख्नु भएको थियाे । कार्यशालामा पालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरुले अाफ्नाे क्षेत्रकाे कार्य प्रगति प्रस्तुत गर्नु भएको थियो । जनप्रतिनिधिको क्षमता अभिबृद्धिका साथै अापसी अनुभव तथा असल अभ्यास अादान प्रदान गराउने उदेश्यले अायाेजित कार्यशाला राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापाकाे अध्यक्षता, सचिव भिमलाल पाेखरेलकाे सञ्चालन र जैमिनी नगरपालिकाका प्रमुख नर बहादुर पुनकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?