
प्यूठान । लागु औषध नियन्त्रण तथा रोकथाम सम्वन्धी किशोरकिशोरी, युवा तथा सामाजिक अभियान्ता हरुलाई अभिमुखिकरण कार्यक्रम खलंगामा सम्पन्न गरिएको छ ।
आजका किशोरकिशोरी : भोलिका राष्ट्रका कर्णधार’ भन्ने मुल नाराका साथ लागु औषध दुर्बेशन नियन्त्रण रोकथाम अभियान २०८१ अन्तरगत अभिमुखिकरण कार्यक्रम गरिएको गैसस महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष विजयकुमार श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक इश्वर थापाले लागु औषध दुव्र्यसन, यसको रोकथाम, असर र नियन्त्रण बारे प्रशिक्षण दिनुभएको थियो । उहाँले सामाजिक अभियानलाई सफल पार्न सबैको महत्त्वपूर्ण भुमिका हुने बताउनु भयो ।
शान्त समाज निर्माणका लागि प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले व्यक्ति, परिवार र समाज रुपान्तरणमा सबैले आ–आफ्नो ठाँऊबाट पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।
सामाजिक अभियान्तहरुले समाज रुपान्तरणका सवालहरुलाई हरेक अभियानसँग जोड्नु जरुरी रहेको मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका अध्यक्ष बसन्तलाल शाक्यले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय प्यूठान, गैर सरकारी संस्था महासंघ जिल्ला शाखा प्यूठान र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्यूठानको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमको संचालन प्रज्वल पहाडीले गर्नुभएको थियो ।
जिल्लाका विभिन्न स्थानमा लागू औषध नियन्त्रण तथा रोकथामका अभियान चलिरहेका छ्न।