
शंकर प्रसाद पोख्रेल ,बुटवल ,रुपन्देही
नेकपा एमाले नेता तथा प्रदेस सांसद बिष्णु पंथिले अब चिसो भनेको कोकाकोला ,फेन्टा स्प्राइट आदि होइन मोही लाई बनाउने गरौं , नेपाली दुध किसान लाई प्रोत्साहित गर्दै राष्ट्रिय अर्थतन्त्र दिगो र सबल पारौं । कपिलवस्तुको उत्पादन बुद्धभुमि मोही पिउने गरौं ।भनेर फेसबुक पोस्ट पोस्ट गर्नुभएको छ जस्लाइ धेरैले मन पराएकाछन। यसरी स्थानीय स्तरमा उत्पादन भएको मोहि पिउदा शरीर स्वास्थ रहने र अर्कोतिर किसानलाई समेत राहात मिल्ने भएको हुंदा मोहिलाइ ब्यापक रूपमा बजारिकरण गर्न एमाले सांसद बिष्णु पन्थिले अभियान चलाउनुपर्ने बताउनुभयको हो।
कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु गरेको छ । उक्त उद्योगले वैैशाख पहिलो हप्तादेखि दैनिक एक हजार लिटर महीको व्यावसायिक उत्पादन र बिक्रि सुुरु गरेको समाचार छ।
५० करोड लगानीमा ९ वर्ष अघि सञ्चालनमा आएको नेपालकै दोस्रो ठूलो डेरी उद्योगले नेपालमै पहिलोपटक बोतलिङ र लेभलिङ गरी महीको व्यवसायिक उत्पादन सुरु गरेको दाबी गरेको छ । उद्योगले एक लिटरको बोतलमा मही बजारमा ल्याएको त्यसको रेट पचास रुपैसा रहेको बताइएको छ।