मङ्लबार, भदौ १७, २०८२ | Tuesday 2nd September 2025
प्रगतिशील पत्रकार संघले गरायो पत्रकार महासङ्घको ध्यानाकर्षण
झिमरुक पोस्ट
आइतवार, बैशाख ३०, २०८१
काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले सदस्यता शुद्धीकरणको सम्बन्धमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण गराएको छ ।
महासचिव प्रकाश थापामगर, केन्द्रीय सदस्यहरू रोशन दानी र वैरागी जेठा सम्मिलित प्रतिनिधिमण्डलले २०८१ वैशाख ३० गते आइतबार महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा पुगी ध्यानाकर्षण गराएको हो ।
महासङ्घका अध्यक्ष विपुल पोख्रेल, महासचिव रोशन पुरी, केन्द्रीय सचिव गोविन्द चौलागाईलगायत केन्द्रीय समितिका पदाधिकारीसमक्ष प्रगतिशीलले ध्यानाकर्षणपत्र पनि बुझाएको थियो ।
ध्यानाकर्षणपत्रमा महासङ्घको सदस्यता शुद्धीकरण अभियानप्रति प्रगतिशीलको नीतिगत समर्थन रहेको बताइएको छ । त्यसका साथै कपिलवस्तु, बागलुङ, अर्घाखाँची, बाँके, दाङ, प्युठानलगायतका विभिन्न जिल्लामा प्रगतिशीलका क्रियाशील पत्रकारलाई महासङ्घको सदस्यबाट हटाउन सिफारिस गरिएकोमा सोबारे ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै, कतिपय जिल्लामा महासङ्घको नेतृत्वले फरक सङ्गठनमा आबद्ध सदस्यको सदस्य सङ्ख्या कम गर्ने वा न्यूनीकरण गर्ने दूषित मनसाय राखेको पनि आरोप लगाइएको छ ।
ध्यानाकर्षणपत्रमा प्रगतिशीलले क्रियाशील पत्रकारका महासङ्घको सदस्यता कायम राखिनुपर्ने, नयाँ क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गरिनुपर्ने र गैरपत्रकारको सदस्यता खारेज गरिनुपर्ने माग राखेको छ ।
शुद्धीकरण अभियानपछि पनि महासङ्घको साझा र छाता चरित्र राख्न माग गरिएको सो ध्यानाकर्षणपत्रमा प्रगतिशील पत्रकार सङ्घ सहमति र सहकार्यका लागि सदैव तत्पर रहेको स्मरण गराइएको छ ।
सो अवसरमा प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै महासङ्घका अध्यक्ष पोखरेलले कुनै पनि सङ्गठनलाई अन्याय हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै यस खालका समस्याहरू घनीभूत सम्पर्कमा रहेर समाधान गरिने दाबी गर्नुभयो ।
पत्रकार महासङ्घको निर्वाचन २०८१ जेठ २६ गते हुँदै छ । त्यसअघि महासङ्घको सत्ताइसौँ महाधिवेशनमा शुद्धीकरणसहितको सदस्यता नामावली जारी गर्न पूर्व अध्यक्षहरू धर्मेन्द्र झा, डा. महेन्द्र विष्ट र गोविन्द आचार्यसहितको कार्यदल गठन गरिसकिएको छ ।
महासङ्घको विधानअनुसार चुनावभन्दा १५ दिनअघि केन्द्रीय समितिको, सात दिनअघि प्रदेश समितिकिो र तीन दिनअघि जिल्ला समितिका लागि उम्मेदवारको मनोनयन भइसक्नुपर्दछ । सोअनुसार जेठ ११ गते केन्द्रीय समितिका उम्मेदवारको मनोनयन दर्ता भइसक्नुपर्दछ ।