बुधबार, माघ २३, २०८१

जैमिनी नगरपालिकामा अखिल (छैठौं) भेला सम्पन्न

जेठ-१८ कुस्मिसेरा, बाग्लुङ
अखिल (छैठौं) जैमिनी नगरपालिकाकाे भेला सम्पन्न भएको छ। छैठौंका केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव तथा पुर्व केन्द्रीय महासचिव भिमलाल पाेख्रेल, अखिल नेपाल युवक संघ केन्द्रीय महासचिव तथा वडिगाड गाँउपालिकाका उपाध्यक्ष भिमसेन वन लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । भेलामा जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुन, राजमाे जिल्ला सदस्य ठाकुर शर्मा, युवक संघ जिल्ला उपाध्यक्ष सिरीप्रसाद थापा, युवक संघ जिल्ला सदस्य खगेन्द्र थापा,  हाेमबहादुर पुन, राम पाैडेल, लगायतकाे आतिथ्यता रहेकाे थियाे । भेला अर्जुन सुनारकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।
भेलाले सुसन थापाको अध्यक्षतामा १५ सदस्यीय पालिका स्तरीय समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा रियाज पुन, सचिव अर्जुन सुनार, सहसचिव विनाेद जिसी, काेषाध्यक्ष कल्पना थापा सदस्यहरू सुदीप केसी, अन्जना थापा, राेहित क्षेत्री, आदर्श शर्मा, विधा सुनार, राेजिना सुनार, भुवन शर्मा, गिता क्षत्री, निशा शर्मा र आशिष शर्मा रहनुभएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?