
प्रज्वल पहाडी
प्युठान । अखिल नेपाल जनजाति सम्मेलन लुम्बिनी प्रदेशको दोस्रो प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम प्युठानको खलंगामा सम्पन्न भएको छ। कार्यक्रमको केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी मगरले उद्घाटन गर्नुभएको थियोे ।
दुई दिन सम्म चलेको कार्यक्रममा प्रशिक्षकहरु अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रिय सचीव दुर्गानाथ खरेल, अखिल नेपाल जनजाती सम्मेलन का केन्द्रिय अध्यक्ष निम बहादुर बुढाथोकी,राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार सुरेस थापाले प्रशिक्षण गर्नु भएको थियोे ।
उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका संयोजक उषा पुनको अध्यक्षता जनजाति नेता अमर ध्वजराना मगरको संचालनमा कार्यक्रम अगाडी बढेको थियोे । उद्घाटन शत्रमा शुभकामना दिनेहरुमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण बहादुर खड्का नेकपा मसालका लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी लगाएतले मन्तव्य राख्नु भएको थियोे ।
संयोजक उषा पुनले भन्नुभयो जनताको बिचमा जानको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। जनजाति हरुलाई प्रशिक्षण गरि लगतै प्रदेशको बैठक बसी जिल्ला जिल्लामा अभियान सन्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो। पुनले भन्नुभयो जनजातिहरुलाई राज्यले उपयोग मात्रै गरेको छ समान रुपमा हेर्न सकेको छैन।
जातीय रुपमा पनि जनजातिहरुलाई उपेक्षित गरिएको छ। विभिन्न ठाउँ, समाजमा फरक तरिकाले व्यबहार गरिएकोले पनि संगठित हुनुपरेको बताउनुभयो।उहाँले हामी जनजातिको मुक्तिको लागि र समग्र समाजको प्रगतिको लागि कार्य गर्दै आइरहेको उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेशका सबैजिल्ला बाट सहभागी रहेको आयोजकले जनाएको छ।आगामी कार्यक्रम समेत निर्माण गर्ने योजना रहेको बताइएको छ।
प्रशिक्षण कार्यक्रममा माक्र्सवादी दर्शन, तत्कालीन राजनिती, संघसंगठनात्मक सिद्धान्त,जनजातिको समस्या तथा समाधान लगाएतका बिषयमा प्रशिक्षण भएको नेता अमरध्वज रानामगरले बताउनुभयो।
दुई दिन सम्म प्युठानको खलंगामा चलेको प्रशिक्षण तथा भेलामा संगठन सम्बन्धमा र आगामी कार्ययोजना निर्माण सम्बन्धमा समेत छलफल भएको जनजाति सम्मेलनले जनाएको छ।