आइतवार, भदौ १५, २०८२

नेपाली सेनाको ब्यारेकमै वृक्षारोपण कार्यक्रम

 

प्युठान श्री बर्द बहादुर गण खलंगा प्युठानले आफ्नै ब्यारेकमा वृक्षारोपण गरेको छ। गणले ब्यारेक परिसर भित्र खाली रहेको जग्गामा वृक्षारोपण गरेको हो।

बिहिवार बिहान गणले आफ्नो बार्शीक कार्यक्रम अन्तरगत खाली जग्गालाई उचित सदुपयोग गर्नेगरी आँप,लिची,सेतोचन्दन,कागती,तेजपत्ता, गलमहर फुल लगाएतका विभिन्न जातिका बिरुवाहरु रोपेको गणका गणपति प्रमुख सेनानी रमेश थापाले बताउनुभयो।

उहाँले एक सिपाही एकबिरुवा भन्ने अवधारणा छ त्यसलाई समेत मध्यनजर गरि वृक्षारोपण गरिएको उल्लेख गर्नुभयो।

बिहिवार बिहान गरिएको वृक्षारोपण कार्यक्रममा १९ नम्बर बाहिनीपति सहायक रथी भुवनपूर्ण सत्यालको विशेष उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।

वृक्षारोपण कार्यक्रममा जिल्ला न्यायाधीश पुनराम खनाल, डिभिजन बन अधिकृत शंकरप्रसाद गुप्ता,सुरक्षा निकायका प्रमुख, पत्रकार र नेपाली सेनाका दर्जानीहरुको सहभागितामा १२५ वटा बोटबिरुवा रोपिएको श्री बर्द बहादुर गण खलंगा प्युठानले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?