
बिमला पौडेल
असार १४
प्युठान जल तथा मौसम विज्ञान विभाग, वाढी पूर्वानुमान महाशाखाका अनुसार असार महिनाको १४, १५ र १६ गते तीन दिनसम्म अत्याधिक वर्षा हुने जनाएको छ। साना नदिहरुमा वाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ।
प्युठान जिल्ला पनि मनसुनी वर्षाको जोखिमको दृष्टिले उच्च जोखिममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ।
पुर्वनुमानका अनुसार प्रशासनले आम जनसमुदायमा सचेत र सतर्कता अपनाउन आग्रह गरेको प्रशासकीय अधिकृत जालन्धर भुसालले जानकारी दिनुभयो।