शुक्रबार, भदौ २०, २०८२

सुत्केरी महिलालाई घरमा पुर्याउने स्वास्थ्यका कर्मचारी सम्मानित

प्युठान पूर्वी प्युठानकाे धरमपानी स्वास्थ्य चाैकी मल्लरानी -३ का कर्मचारी टिमले एक सुत्केरी महिलालाई संस्था देखि बाेकेर निजको घरसम्म पुर्‍याए पछि ऊनीहरुलाई सम्मान गरिएको छ ।

उनिहरुलाई बिहिवार मल्लरानी गाउँपलिका अध्यक्ष कृष्ण बहादुर खड्का र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले कदरपत्रले सम्मान गर्नुभएको थियो।
स्वास्थ्य सास्थामा कार्यारत ५ जना कर्मचारीले सुत्केरी महिलालाई सहयोग गरि एक असल काम गरेको भनी कदरपत्रले सम्मान गरिएको हो।
मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले यहाँहरुको यस किसिमको मानविय कार्यले सबैको मन छोएको भन्दै गाउँपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियोे ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले कर्मचारीले गरेको मानवीय कार्यको प्रसंशा गर्दै यस किसिमका कार्यले समाजमा सकारात्मक सन्देश जाने र अरुलाई समेत उत्प्रेरित बनाउने बताउनु भएको थियोे

कर्मचारीहरुको याे एउटा उदाहरणीय कार्यलाई धेरैले तारिफ गरेका छन्।
एकातिर गाउँमा युवाहरूको अभाव अर्कोतिर १८ गतेदेखि लगातार परेको झरी ।२२ गते साँझ ८ बजे आमासँग हिडेर अस्पताल पुगेकी जीबा बि.क. ले स्वास्थ्यकर्मी काे सहयाेगमा २३ गते बिहान १० बजे छाेरीकाे जन्म दिएकी थिइन्।

आमा र बच्चाको उपचार पछि स्वास्थ्य संस्थाले घर जान सल्लाह दियाे तर न उनी आफै हिडेर जान सक्थिन न उनलाई घरसम्म बाेकेर लैजाने सहयाेगी साथमा थिए। उनका श्रीमान घरमा नभएको , भर्खर मल्लरानी -२ स्यालाबाट बसाइँसराइ गरि ऐरावती -६ अन्तरगत बिजुली काल्ने बस्दै आएकी जीबालाई स्वास्थ्य चाैकी प्रमुख, अहेव,अनमी,ल्याव असिस्टेन्ट , कार्यालय सहयाेगी सबै कर्मचारी मिलेर २ किमिकाे दुरीमा रहेको उनको घरसम्म बाेकेर पुर्‍याएका हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?