बिहिबार, भदौ १९, २०८२

युनेसीनको पहलमा गौमुखीमा वृक्षारोपण

 

प्युठान एकीकृत बिकास संघ(युनेसीन)को पहल तथा सक्रियतामा गौमुखी गाउँपालिका ४ कुर्लाचौरमा वृक्षारोपण गरिएको छ।

सिम तथा पहिरो जाने स्थानको छनौट गरि वृक्षारोपण गरिएको हो।
बिहिवार र शुक्रबार गरि ६२० वटा बिरुवा रोप्न लागिएको युनेसीनका अध्यक्ष प्रेम चन्द बिहोराले बताउनुभयो।

उहाँले वन डिभिजन कार्यालय प्युठान संगको सहकार्यमा सिम पहिरो रोक्ने तथा खाली जमिन को सदुपयोगगर्ने उदेश्य सहित वृक्षारोपण गरिएको बताउनुभयो।
टिमुर, रिठ्ठो, दालचीनी र चिउरीको बिरुवा रोपिएको छ यसले आर्थिक रुपमा पनि लाभ हुने बताउनुभयो।

ठुलाबेसी सामुदायिक बिकास मंचको समेत सकृय सहभागिता रहेको थियो।
शुक्रबार पुजाको केही स्थान र वडा न. ५ खुङ्गको केही स्थानमा बिरुवा रोप्ने योजना रहेको युनेसीनले जनाएको छ।
युनेसीन प्युठानले गौमुखि बिकास क्षत्रमा बिगत देखी सामाजिक अभियानका कार्यगर्दै आएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?