बिहिबार, भदौ १९, २०८२

एमाले,रास्वपाबाट दर्जनै नेताकार्यकर्ता नेकपामा प्रवेश


रुपन्देही/ नेकपा एमाले, माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेपाल कम्युनिस्ट
पार्टीमा दर्जनौ नेताकार्यकर्ता प्रवेश गरेका छ्न।
आज रुपन्देहीको भैरहवामा भएको एक कार्यक्रममा पुरानो बामपंथी नेता तथा नेकपा एमाले रुपन्देही जिल्ला सदस्य शंकर ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गोपाल बन्जाडेको नेतृत्वमा पुरानो माओवादी नेता बिजय उपाध्याय,प्रदिप गुरुङ,राम केवल लोध,रत्न ब कुवर, कुल बहादुर कुवर,लगायतका एक दर्जन नेताकार्यकर्तालाई नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका छन।
नेकपा नेता वसन्त सीले पछिल्लो समय नेपालको राजनीतिक घटना क्रमले पैदा भएको निराशजनक अवस्था सबै राजनीतिक पार्टी भित्र रहेका इमानदार र क्रान्तिकारी नेताकार्यकर्ताहरु एक ठाउमा धुर्बिकृत भैइ राजनीतिक बिकृती बिसङिती विरुद्ध संघर्ष गर्नु पर्ने आजको ऐतिहासिक आवस्यकता रहेको बताउदै सम्पुर्ण बामपंथी, प्रगतिशील देशभक्त,समाजबादी शक्ति र सच्चा लोकतान्त्रबादिहरु एकीकृत जनक्रान्तिमा लामद्द्द हुन अपिल गर्नु भयो
कार्यक्रममा नेकपा पोलिट ब्यूरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सी, पार्टीका पोलिट सदस्य तथा मधेसी मुक्ति मोर्चा नेपालका सयोजक बिनोद सी, सो पार्टी केन्द्रिय सदस्य शरद सी, जिल्ला सेक्रेटरी बिरेन्द्र सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य नवीन सीले टीका र खादा लगायतले प्रवेश गराउनु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?