शुक्रबार, पुस ४, २०८२

ठुलाबेसीमा खुल्ला पुरुष, महिला भलिबल तथा सास्कृतिक कार्यक्रम हुँदै

 

प्युठान गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशैतिहारको अवसरमा वडा स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता संचालन हुन लागेको छ।

ठुलाबेसी सामुदायिक बिकास मन्चले बिगतका वर्षहरुमा जस्तै एसवर्ष पनि खुल्ला पुरुष तथा महिला भलिबल तथा विविध सास्कृतिक कार्यक्रम संचालन गर्न लागेको सस्थाका अध्यक्ष केशव बहादुर केसीले बताउनुभयो।

गौमुखी गाउँपालिका प्राकृतिक तथा सास्कृतिक रुपमा सम्भावना बोकेको क्षत्र रहेको छ।

यही कार्तिक ९ देखि ११ गते सम्म चल्ने कार्यक्रममा खुल्ला पुरुष,महिला भलिबल प्रतियोगिता, खुल्ला गौमुखी प्रथम आइडल डान्स र अन्य स्थानीय कलाकारको प्रस्तुति रहने छ।

प्रत्येक वर्ष संचालन गर्दै आएको कार्यक्रमलाई गौमुखि गाउँपालिका मुख्य प्रायोजक रहने तथा अन्य संघसस्था, ब्यक्ति, व्यावसायिहरु बाट सहयोग संकलन गरि कार्यक्रम संचालन गर्न लागिएको ठुलाबेसी सामुदायिक बिकस मंचका सचीव कवि केसीले बताउनु भएको छ।

कार्यक्रममा उपस्थिति अतिथि, नृत्य प्रतिभा, खेलाडीहरु संग समन्वय भैसकेको र कार्यक्रमका सबै किसिमको तयारी पूरा भएको आयोजकले जनाएको छ।

तीन दिन सम्म संचालन हुने कार्यक्रमबाट करिब दश हजार दर्शकको प्रत्येक्ष सहभागी रहने अनुमान गरिएको सस्थाले जनाएको छ।
संस्थाले गतवर्ष कार्यक्रमबाट प्राप्त सहयोगमा ठुलाबेसी नजिकैको कुर्लाचौरमा करिब ७ रोपनी जग्गा खेलमैदानको लागि खरिद गरेकोले एस वर्षको कार्यक्रम खेलमैदानमा गरिने संस्थाका उपाध्यक्ष अशिम न्यौपानेले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal