शुक्रबार, पुस ४, २०८२

गौमुखीको ठुलाबेसीमा पाचौं एकादशी मेला

प्युठान एकीकृत बिकास संघ युनेसीन र ठुलाबेसी बजार बासीको आयोजनामा भएको एकादशी मेलामा भैलो प्रतियोगिता गौमुखी गाउँपालिका ठुलाबेसीमा सम्पन्न भएको छ।

पाचौं एकादशी मेलामा गौमुखी गाउँपालिकाका विभिन्न वडा र मदाने गाउँपालिका १ अग्लुङ बाट भैलो टिम सहभागिता रहेको स्थानीय बजारबासी जनक बहादुर केसीले बताउनुभयो।

एकादशी मेलाको अवसरमा आयोजित भैलो प्रतियोगितामा ठुलाबेसी बजारको भैलो प्रथम, मदाने अग्लुङको भैलो द्वितीय, गौमुखी लिबाङको भैलो तृतीय स्थान हासिल गरेकाछ्न। क्रमश उनीहरुलाई पच्चीस हजार, बीस हजार र पन्द्रहजार पुरस्कार पर्दान गरिएको छ। अन्य सहभागी भैलो टिमलाई दस हजारका दरले सहयोग गरिएको आयोजकले जानकारी दिएको हो।

गौमुखी गाउँपालिकाको केन्द्रबिन्दु रहेको ठुलाबेसीमा बिगतका ५ वर्षदेखी ठुलाबेसी बजारबासी र एकीकृत बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा संचालन गर्ने गरेको सहकारीका अध्यक्ष कृष्ण पौडेलले बताउनुभयो।

स्थानीय कला संस्कृतिलाई जगेर्ना गर्ने, लोपहुँदै गएको सोरठी मारुठी नाचलाई बचाउने, स्थानीय प्रतिभालाई उजागर गर्ने, सामुहिक एकता कायमगर्ने उदेश्यले एकादशीमा भैलो प्रतियोगिता सुरु गरिएको स्थानीय केशव बहादुर केसीले बताउनुभयो।
पाचौं एकादशी मेलामा गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर रानाको बिशेष उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता युनेसिनका अध्यक्ष प्रेम चन्दले गर्नुभएको थियो ।
एकादशी मेलालाई गौमुखी गाउँपालिका र ठुलाबेसी बजाबासीले सहयोग गर्दै आएकाछ्न।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal