शुक्रबार, पुस ४, २०८२

गौमुखीमा एमबिबिएस डाक्टर सेवा सुचारु गर्न राजमोको माग

प्युठान राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका समितिले आज गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ।
गाउँपालिका समितिका अध्यक्ष जनक बहादुर केसीको नेतृत्वमा गएको टोलिले बिगतमा पुजा स्वास्थ्य चौकी मार्फत एमबिबिएस चिकित्सक सेवा दिदै आएकोमा २०८० माघ देखी सेवा बन्द गरेको प्रति ध्यानाकर्षण गराएको छ।

राष्ट्रिय जनमोर्चाले पटकपटक स्वस्थ्य सेवा जस्तो संबेदनसिल सवालमा ध्यानाकर्षण गराउदा समेत गाउँपालिकाले बेवास्ता  गरेको जनाएको छ।

जनक बहादुर केसीले हस्ताक्षर गरेको बिग्यप्तीमा भनिएको छ” डाक्टर नहुदा जनतालाई समस्या भएको छ साथै त्यहा रहेका एक्सरे मेसीन, ल्याब, इसिजी सेवा समेत प्रभावित रहेका छ्न”।

गौमुखी गाउँपालिका जिल्लाको दुर्गम रहेको हुँदा गौमुखी बासी न्युनतम उपचार सेवाका लागि जिल्ला अस्पताल धाउनपर्ने अवस्था रहेकोले तत्काल चिकित्सक सहितको सेवा संचालन गरि जनतालाई सेवा दिन गाउँपालिकालाई आग्रह गरिएको पार्टी सचीव कृष्ण जैसीले बताउनु भयो।

गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीलाई ज्ञापनपत्र पेश गरिएको थियोे ।
उता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले पुजा स्वास्थ्य चौकीमा कोबिटको बेला चिकित्सक राखिएको हो पछि निरन्तर गर्न सकिएन साथै डाक्टरको दरबन्दी नरहेको, सरकारी पारिश्रमिक आनुसार डाक्टर आउन नमानेको उहाको भनाइ छ।

साथै गाउँपालिकाले गत आर्थिक वर्ष र यस आर्थिक वर्षमा समेत एमबिबिएस डाक्टर राख्ने सुचना निकालिएकोमा कोहि कसैको दर्खास्त नपरेको समेत बताउनुभयो।

गाउँपालिकामा ज्ञापनपत्र पेश गर्न राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने सहित पालिका समितिका पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal