मङ्लबार, पुस ८, २०८२

राष्ट्रिय जनमोर्चा निकट जनजाती सम्मेलनको अभियान प्युठानमा

प्युठान राष्ट्रिय जनमोर्चा निकट भातृ संगठन अखिल नेपाल जनजाति सम्मेलनले एक महिने सांगठनिक अभियान प्युठानकाे स्वर्गद्वारी र मान्डबि गाउपालिकामा तीब्र पारेको छ।

अखिल नेपाल जनजाति सम्मेलनले २ नम्बर वडा, ३नम्बर वडाककाे अभियान सक्दै शनिबार स्वर्गद्वारी नगरपालिका ४ बाझिपुरमा आमभेला सम्पन्न गरेकाे छ।

विरमान विकको अध्यक्षता, इमान सिंह खड्काको सञ्चालनबाट अगाडि बढेको सको भेलामा सहभागिहरूलाई केयर सिंह पुन मगरले स्वागत गर्नुभएको थियो । कार्यक्रमा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसतै महासचिव अमरध्वज राना, उपाध्यक्ष उषा पुन, सचिव राम बहादुर जि.एम., राजमो जिल्ला सदस्य, इन्द्र बहादुर खड्का, अखिल नेपाल महिला संघ स्वर्गद्वारी नगर अध्यक्ष लक्ष्मी पन्थीको सहभागिता रहेको थियो ।

भेलामाबोल्ने वक्ताहरुले भ्रष्टाचार र बेथितिको विरोध, सुशासन, समानता, समावेशिता तथा जनजाति अधिकार एवं संगठन सुदृढीकरण गर्दै जनताको पक्षमा एकताबद्ध संघर्ष आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

भेलाले अखिल नेपाल महिला संघ तथा जातीय समता समाजको वार्ड समिति समेत गठन गरेको छ । नवगठित समितिलाई शिव पन्थीले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?