आइतवार, साउन १०, २०८३
झिमरुक नेटवर्क एण्ड मिडिया द्वारा संचालित
झिमरुक पोस्ट डटकम
दर्ता न . २७४१६८ / ०७८ /०७९
प्रधान कार्यलय : मल्लरानी गाउपालिका ४ खलंगा,लुम्बीनी प्रदेश नेपाल
इमेल : jhimrukpost2020@gmail.com
फोन न :9857833478, 9847839276
झिमरुक पोस्ट डटकमको लागी
अध्यक्ष : जुमान सिंह केसी
सम्पादक : प्रज्वल पहाडी
काठमाडौँ । नेपालमा गएको २४ घण्टामा तीन हजार ५३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१२ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा ३४ सय ४२ र एन्टिजेन विधिबाट ८९३ को परीक्षण गर्दा ९४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।
मन्त्रालयले गएको २४ घण्टामा १२ जनाको ज्यान गएको जनाएको छ । यो सहित मृतकको संख्या तीन हजार १७६ पुगेको छ ।
कोरोना भाइरसको हटस्पट बनेको काठमाडौँमा एकै दिन १५ सय ६७ जना संक्रमित भेटिएका छन् । त्यस्तै, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित फेला परेका छन् । त्यस्तै बाँकेमा ३०७ जना संक्रमित थपिएका छन् ।
यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको सङ्ख्या २ लाख ७७ हजार ९५१ रहेको छ ।
देशभर २२ हजार ४३४ जना सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये होमआइसोलेसनमा २० हजार ५३५, संस्थागत आइसोलेसनमा १ हजार ८९९, आईसीयूमा २६८ र भेन्टिलेटरमा ७९ रहेको स्वास्थ मन्त्रालयले जनाएको छ।